मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • मनास्लु हिमालमा पुनः हिमपहिरा- एक जनाको मृत्यु
मनास्लु हिमालमा पुनः हिमपहिरा- एक जनाको मृत्यु
जनतापाटी
जनतापाटी सोमबार, असोज १७, २०७९ मा प्रकाशित
viber sharing button
मनास्लु हिमालमा पुनः हिमपहिरा- एक जनाको मृत्यु

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए।

पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए।

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शव परीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए।

मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ। आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो।

उक्त हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो।

viber sharing button
जनतापाटीबाट थप
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कपडा पसलमा आगलागी हुदाँ लाखौंको सामान जलेर नष्ट
बोलेरो जीपबाट खसेर बालकको मृत्यु
मुगु सदरमुकाम गमगढी बजारमा आगलागी
कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.