मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन
जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन
जनतापाटी
जनतापाटी आइतबार, असोज ९, २०७९ मा प्रकाशित
viber sharing button
जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन

जुम्ला । नेपालीको महान चाड बडादसैँ नजकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको  छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो ।

जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल भन्छिन्, ‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् ।’ उनका अनुसार हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन् । 

अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म पटकपटक बजार अनुगमन गरेको  गर्दै आएको छ । उनले भनिन्, ‘यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् ।’ मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । अझै पनि केही होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ता हुन सकेका छैनन् । मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ। लेबलमा उत्पादन मिति प्रस्ट खुलाएको भेटिँदैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको सामान पसलबाटै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताए । ती सामान ग्रामीण बस्तीका दर्ता नभएका पसलबाटै बिक्री भइरहेको उनकाे भनाइ छ ।

अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ । खाद्य अनुसन्धान अधिकृत डा. सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको पाइने गरेको छ । जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको थियो ।

पछिल्लो समयमा जिल्लाको एक नगरपालिकासहित आठवटा गाउँपालिकाको केन्द्रमा स्थानीय बजार स्थापना भइसकेका छन् । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रतिनिधि नन्दमाया रोकायाले समयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गरिन्।

viber sharing button
जनतापाटीबाट थप
क्यानको नवनिर्वाचित कमिटीलाई कार्यबाहक प्रधानमन्त्री खड्काले दिए बधाई
क्यानको नवनिर्वाचित कमिटीलाई कार्यबाहक प्रधानमन्त्री खड्काले दिए बधाई बिहीबार, पुस १७, २०२६
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते बिहीबार, पुस १७, २०२६
बोल्न नसक्ने बालिका बलात्कृत
बोल्न नसक्ने बालिका बलात्कृत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाओमीको नेपालमा ५ वर्ष पुरा
शनिबारको विदेशी मुद्राको विनिमय दर
एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत
सिटिजन्स क्यापिटल र खानीखोला हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता
सिटिजन लाइफका संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर अभौतिकीकरण गर्नुपर्ने
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.