मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा
ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा
जनतापाटी
जनतापाटी बिहीबार, भदौ ३०, २०७९ मा प्रकाशित
viber sharing button
ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा

काठमाडौं । बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक भएको छ । 

वी रिडले ल्याएको यस उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ । 

उपन्यासमा बुद्ध झल्याकझुलुक देखा पर्छन् तर यो बुद्धको जीवनी होइन । उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले फरक शैलीमा लेखेका छन् । दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्याएर कोशल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडभले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् । 

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँ पुगे ? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दैछन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सकिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? यस्ता अनेकौं प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्वपूर्ण बन्न सक्छ ।

उपन्यासकार प्रधान लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय छन् । प्रधान नेपाली साहित्य समालोचना, नेपाली इतिहास–संस्कृति र नृवंशाक्षेत्रमा चार दशकदेखि काम गरिरहेका प्रबुद्धव्यक्तित्व हुन् । 

उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक हुन् । उनीविभिन्न पत्रपत्रिका तथा प्रकाशन गृहमा नेपाली भाषाका सम्पादकका रुपमा सक्रिय छन् । उनी मदन पुरस्कार गुठीका सदस्य हुन् ।

१४८ पृष्ठको पुस्तकको मूल्य २७५ रुपैयाँ राखिएको छ । देशका प्रमुख सहरमा पुस्तक उपलब्ध हुने प्रकाशन संस्था वी रिडले जनाएको छ ।

viber sharing button
जनतापाटीबाट थप
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आज मोती गजल मुशायरा हुने
मोती गजल मुशायरा २०८० हुँदै
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन
सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.