मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार
बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार
जनतापाटी
जनतापाटी शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
viber sharing button
बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार

बैतडी । बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् ।

जिल्लामा एकमात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रुपमा पेट्रोलियम पदार्थको बिक्री बितरण गर्छन् । 

यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्याधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् । 

यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए । उनले भने, ‘जिल्लाका व्यस्त बजारहरूमा ड्रममा भरेर डिजल र पेट्रोल राखिएको छ । अति प्रज्जवलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ । औषधि पसल, होटल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसल सम्ममा पेट्रोलको बिक्री हुन्छ ।’

अवैध कारोबारीले डिजेल र पेट्रोल अत्याधिक मूल्यमा बिक्री गर्दै आएका छन् । डिजेलको मुल्य प्रतिलिटर १७३ रुपैयाँ भए पनि अवैध कारोबारीले २१० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएकाछन् । पेट्रोलको मूल्य १८५ रहेकोमा अवैध कारोबारीले कम्तीमा २२० रुपैयाँमा बेच्दै आएकाछन् । 
अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरू सहित अन्य उपभोक्ताले पेट्रोलियम पदार्थ खरिद गर्दै आएकाछन् । 

बैतडीको सतबाँजमा रहेको एकमात्रै भण्डारी आयल स्टोरले भने डिजल मात्रै बेच्ने गरेको छ ।  उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक–पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको छ ।

जिल्लाको खोड्पेमा स्थानीय व्यापारी भानु बिष्टले पाँच वर्षअघि नै पेट्रोल पम्प खालेकोमा अझै सञ्चालन अनुमति पाएको छैन । अनुमतिका लागि पटक–पटक जिल्लादेखि केन्द्र सम्म धाएका बिष्टले अनुमती नपाएपछि पेट्रोल पम्पमा गरेको करिब एक करोड लगानी खेर गएको छ । तर, जिल्लामा अर्को पम्प नहुँदा उपभोक्ता भने मारमा परेका छन् । 

जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारका बिषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको जनाएको छ । जिल्लामा सञ्चालीत भण्डारी आयल स्टोरलाई पेट्रोलको कारोबारका लागि त्रिपक्षीय सहमति गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । 
उनले भने, ‘भण्डारी आयल स्टोर र नेपाल आयल निगमसँग हामीले संयुक्त छलफल गर्दा स्टोरका तर्फबाट वातावरणीय प्रभावका कारण घाटा हुने कुरा आएपछि निगमले पेट्रोल मूल्यमा ०.२४ प्रतिशत घाटा व्यहोर्ने बतायो ।

यो निर्णयसँगै उक्त आयल स्टोरले पेट्रोलको कारोबार गरेमा समस्या समाधान हुन्छ ।’ सतबाँजस्थित आयल स्टोरले चिसो ठाउँमा सञ्चालन गरेकाले पेट्रोलमा घाटा हुने बताउँदै आएका थिए । 

बजारहरूमा अवैध रुपले पेट्रोलियम पदार्थको कारोबार भइरहेको विषयमा भने केही व्यापारीसँग आयल निगमको अस्थायी  अनुमति रहेको भारती बताउँछन् । 

उनले भने, ‘बजार अनुगमनका क्रममा हामीले प्रश्न गर्दा एक÷दुई जनासँग पम्पमा पेट्रोल नआएसम्मका लागि कारोबार गर्न पाउने कागज छ । तर, पम्पले पेट्रोल ल्याएमा उनीहरूको कारोबार बन्द हुन्छ । अन्य व्यापारीहरू आफ्नै निजी प्रयोगका लागि पेट्रोलियम पदार्थ ल्याएर राखेको बताउँछन् ।’

अहिले जिल्लामा रहेको आयल स्टोरलाई सुचारु गर्नका लागि पहल गर्ने भारतीको भनाइ छ । ‘५० लाख धरौटी राखेर अर्काले खोल्न सक्दैन । उसैले कारोबार गर्ने भएको छ । उसले लगातार तीन वर्षसम्म ल्याएको छैन । अब नल्याएमा बन्द हुन्छ र अरुले आयल स्टोर खोल्छन्,’ भारतीले भने ।

viber sharing button
जनतापाटीबाट थप
शाओमीको नेपालमा ५ वर्ष पुरा
शाओमीको नेपालमा ५ वर्ष पुरा बिहीबार, पुस १७, २०२६
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित बिहीबार, पुस १७, २०२६
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाओमीको नेपालमा ५ वर्ष पुरा
शनिबारको विदेशी मुद्राको विनिमय दर
एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत
सिटिजन्स क्यापिटल र खानीखोला हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता
सिटिजन लाइफका संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर अभौतिकीकरण गर्नुपर्ने
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.