मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित
बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित
जनतापाटी
जनतापाटी शनिबार, साउन २१, २०७९ मा प्रकाशित
viber sharing button
बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

काठमाडौं । टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । कथालाय इन्कका डाइरेक्टर राजीवधर जोशीले यसलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । यसमा वागर अघाईका चित्र समावेश छन् । 

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् । 

सानोपंखी चरा सपनाका व्यापारी आउनेबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्यसपछि उनीहरू अघि बढ्छन् । एकाएक आकाशमा रंगीबिरंगी चराहरू देखा पर्छन्, ती बिस्तारै कागहरूको देशमा आइपुग्छन् । बहुमूल्य सामान लिएर आएका ती सपनाका व्यापारीले सबैलाई आफ्नो रुचिअनुसारको सामान बेचेर फर्कन्छन् ।
ठूलाठूला सपना बोकेर हिँड्ने सानोपंखीको रोजाइमा कुन सामान प¥यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ? यसमा सानोपंखीको मनोदशालाई पनि प्रस्तुत गरिएको छ । 

सात वर्ष वा त्यसभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ । यसमा चराहरूको संसार प्रस्तुत गरिएकाले बालबालिकालाई कल्पनाशील बनाउन पनि सिकाउँछ ।

३० वर्षयता लेखन र प्रकाशनको क्षेत्रमा सक्रिय गिन्युसको जन्म सन् १९६८ मा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा प्राथमिक शिक्षा हासिल गरेकी उनले बोगाजिकी विश्वविद्यालयमा टर्किस भाषा र साहित्यको अध्ययन गरिन् । १९९२ देखि १९९४ सम्म अंग्रेजी शिक्षकको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । १९९४ मै मास्टर्स डिग्री हासिल गरेकी उनले सन् २००१ मा डक्टरेटको उपाधि लिइन् । 

बालबालिकाका लागि उनका २० भन्दा बढी पुस्तक प्रकाशनमा छन् । विशेषगरी टर्कीको प्राथमिक तहका लागि उनले किताव लेखेकी छन् । 

पुस्तककी चित्रकार अघाईको जन्म १९९२ मा तेब्रिजमा भएको हो । तेहरान विश्वविद्यालयबाट टेक्सटाइल र फेसन विधामा स्नातक उनले चित्रकारितामा स्नातकोत्तर पूरा गरिन् । हाल उनी यिल्डिज प्राविधिक विश्वविद्यालयबाट कला र डिजाइनमा पीएचडी गरिरहेकी छन् । उनले २००८ देखि बालबालिकाका पुस्तकमा चित्र बनाउन थालेकी हुन् । 

viber sharing button
जनतापाटीबाट थप
शाओमीको नेपालमा ५ वर्ष पुरा
शाओमीको नेपालमा ५ वर्ष पुरा बिहीबार, पुस १७, २०२६
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित बिहीबार, पुस १७, २०२६
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आज मोती गजल मुशायरा हुने
मोती गजल मुशायरा २०८० हुँदै
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन
सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.