मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान
नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान
जनतापाटी
जनतापाटी बिहीबार, साउन १२, २०७९ मा प्रकाशित
viber sharing button
नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान

काठमाडौं। नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे ।

रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’, सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आइतबहादुर परियार ‘लोक संस्कृति सम्मान’ बाट सम्मानित भएका थिए । गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान प्रदान गरेका थिए ।

विभिन्न जातिका लोक बाजा तथा नृत्यसहित सुरु भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखी महाकालीसम्म विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

पूर्व उपराष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला सस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठान मार्फत नेपाली लोक कला तथा सस्कृतिलाई विश्वमाझ चिनाउन पाउदा आफूलाई निकै खुशी लागेको बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मानपत्र, प्रतिष्ठानका सस्थापक अध्यक्ष, गायक तथा संगीतकार शिवराज पौडेल, सस्थापक महासचिव तथा नृत्य निर्देशक  दिनेशकुमार लामा,  नृत्य निर्देशक शम्भु शाही, नृत्यागंना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरियो ।

ईभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल, गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको कार्यक्रममा वर्माकी नेपाली भाषी गायिका डीना चौलागाईं, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छे राजा मुनिमर लगायत कदरपत्रबाट सम्माति भए भने विभिन्न संघ सस्था तथा व्यक्तिलाई ‘मायाको चिनो’ प्रदान गरेका थिए ।

गायक शिशिर योगी, कृष्ण रेउले, सुनिता परियारलगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो ।

viber sharing button
जनतापाटीबाट थप
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आज मोती गजल मुशायरा हुने
मोती गजल मुशायरा २०८० हुँदै
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन
सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.