मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप
अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप
जनतापाटी
जनतापाटी मंगलबार, असार २१, २०७९ मा प्रकाशित
viber sharing button
अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदाका लागि सक्रिय राजनीतिबाट बिदा भए ।

उक्त चुनावमा अमिताभसँग जोडिएका कैयौं रोचक कुरा छन् । अमिताभले त्यो चुनावमा राजनीतिक व्यक्तित्वको रंग देखाएका थिए । उनले बहुगुणा आफूभन्दा वरिष्ठ भएकाले उनीविरुद्ध आफूले एक शब्द पनि नबोल्ने उल्लेख गरेका छन् । अमिताभले हेमवतीको पाउ छोएर उनीबाट आशीर्वाद मागेका थिए ।

हेमवती कुनै समय कांग्रेसी थिए र उनले इलाहाबादबाट चुनाव जित्ने निश्चित मानिएको थियो । त्यही समयमा कांग्रेसले अमिताभलाई उनकोविरुद्ध मैदानमा उतार्ने निर्णय लियो । अमिताभ आफ्ना साथी राजीव गान्धीको इच्छाअनुसार राजनीतिमा आएका थिए ।

तर, इलाहाबादको सिटमा अमिताभको रंग खासै जम्न सकिरहेको थिएन । तर, पासा त्यतिबेला पल्टियो, जब त्यहाँ जया बच्चनले ‘बुहारी’का रुपमा प्रवेश गरिन् । अमिताभले बहुगुणालाई हराउनका लागि ‘मेरो आँगनमा तिम्रो के काम’ भन्नुपर्यो । अमिताभको क्रेज बढ्दै गयो । त्यहाँ चुनावको माहौल यति गर्मायो कि कतिपय स्थानमा राति १० बजेसम्म मतदान भएको थियो । केही बुथमा ९५ देखि शत प्रतिशतसम्म मत झर्यो । निर्वाचन आयोगले यी स्थानको चुनावमा कोही पनि बिरामी ओछ्यानमा नरहेको घोषणा गर्यो ।

अमिताभले यो चुनावमा बहुगुणालाई १ लाख ८७ हजार मतान्तरले पराजित गरेका थिए । तर, मतगणनाको समयमा एक रोचक कुरा बाहिर आयो । अमिताभको जित अन्तर धेरै बढ्यो तर उनले पाएको मतमध्ये करिब ४ हजार भोट रद्द भयो । यसको कारण पनि अनौठो थियो । अमिताभलाई महिला फ्यानको उल्लेख्य भोट आएको थियो । तर, त्यसमा तीमध्ये करिब चार हजार महिलाले मतपत्रमा स्वस्तिक चिन्ह लगाउनुपर्नेमा मतपत्रलाई चुमेर लिपिस्टिकको निशान छाप लगाइदिएका थिए ।

चुनाव जितेको तिन वर्षमै उनले राजीनामा दिए । उनले इलाहबादको जनतासमक्ष आफूले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै राजीनामा दिएका थिए । उनी चुनाव जितेपछि फिल्ममै व्यस्त भए र कहिल्यै आफ्नो संसदीय क्षेत्रमा फर्किएनन् । सांसद रहँदै रिलिज भएको उनको फिल्म ‘मर्द’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो ।

viber sharing button
जनतापाटीबाट थप
क्यानको नवनिर्वाचित कमिटीलाई कार्यबाहक प्रधानमन्त्री खड्काले दिए बधाई
क्यानको नवनिर्वाचित कमिटीलाई कार्यबाहक प्रधानमन्त्री खड्काले दिए बधाई बिहीबार, पुस १७, २०२६
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते बिहीबार, पुस १७, २०२६
बोल्न नसक्ने बालिका बलात्कृत
बोल्न नसक्ने बालिका बलात्कृत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रियलमीको फ्यान फेस्ट हुदैँ, फ्री ईन्ट्रि
पोखराबाट चित्राको छायांकन सुरु
पोखरामा साकारको सांगीतिक जादु
गायक खरेल र विन्ध्यवासिनी बीचको विवाद, प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्रष्टाको चिन्ता
'एनआरएन द सिङगर' रियलिटि शो आगामी हप्तादेखि
'मायबी' मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.