मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • चुनावकै मुखमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप
चुनावकै मुखमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप
जनतापाटी
जनतापाटी बुधबार, वैशाख २८, २०७९ मा प्रकाशित
viber sharing button
चुनावकै मुखमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुई सातायता डेढ सयभन्दा बढी कुटपिट र विवादका घटना भएका छन् । 

मंगलबारमात्र तनहुँ, दार्चुला, स्याङ्जा र प्युठानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए । ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ । तर, राजनीतिक दलका कार्यकर्ताहरुबीच भने झडपका घटना बढेका छन् । मंगलबार तनहुँको भिमादमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा सात घाइते भए ।  

मंगलबार साँझ दार्चुलाको दुहु गाउँपालिका ५ का एमालेका वडा अध्यक्ष पदका उम्मेदवार मानसिंह बडालमाथि कुटपिट भयो । सत्तरुढ गठबन्धनका कार्यकर्ताको कुटपिटबाट घाइते उनको जिल्ला अस्पताल दार्चुलामा उपचार गरेपछि थप उपचारका लागि राति नै धनगढी पठाइएको थियो । सो घटनामा घाइते भएका अन्य दुईजनाको अवस्था भने सामान्य रहेको छ । 

प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा मंगलबार नै एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् । सोमबार महोत्तरी, मकवानपुर, गुल्मी, रुकुमपश्चिम, रुपन्देही, दैलेख, बैतडीसहित जिल्लामा झडपका घटना भए । महोत्तरीको रामगोपालपुर– ७ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो भने मकवानपुरको बकैया गाउँपालिका–७ मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका थिए । 

गुल्मीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच सोमबार कुटाकुट भयो । झपडमा परेर माओवादीका गाउँपालिका कमिटीका अध्यक्ष लिलबहादुर केसी घाइते भए । 

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १० मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार चक्र कुमारीले प्रचारमा प्रयोग गरेका मोटरसाइकल माओवादी कार्यकर्ताले तोडफोड र आगजनी गरेपछि दुवै पक्षबीच झडपको अवस्था सृजना भयो । पछिल्ला केही दिनयता रुकुमपश्चिममा दैनिकजसो विवाद र झडप भइरहेका छन् ।  

यस्तै सोमबार नै रुपन्देहीको बुटवलमा वडा नम्बर १२ का अध्यक्ष उम्मेदवार देवीप्रसाद रेग्मीको बा.२०च ६७८५ नम्बरको गाडीमा आक्रमण भयो । दैलेखको आठबिस नगरपालिका–४ मा एमालेका उम्मेदवारले चुनावी प्रचारका लागि प्रयोग गरेको बा.१९च ५५७९ नम्बरको गाडीमा आगजनी भयो । 

बैतडी डिलासैनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका माओवादीका लोकेन्द्र राना कुटपिट गरेको आरोपमा पक्राउ परे । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबीच झडप भएका हुन् । उम्मेदवार चयनदेखि प्रचारप्रसारका विषयमा विवाद हुँदा कुटपिट, विवाद र झडपका घटना भएका हुन् । 

निर्वाचनमा सहभागी भएका दलहरुबीचकै झडपको अवस्थाले प्रहरीलाई चुनौती थपेको छ । यसअघिका निर्वाचनमा भूमिगत समूहबाट सुरक्षा चुनौैती रहेको निष्कर्षसहित रणनीति तय गरेको प्रहरी यसपटक निर्वाचनमै सहभागी झडप नियन्त्रणमा खटिएको छ ।  

viber sharing button
जनतापाटीबाट थप
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जमुनाह नाकामा सुरक्षा सतर्कता
सर्लाहीकाे मलगंवामा आज साँझदेखी कर्फ्यू
प्रहरी महानिरिक्षक कुवँर नेतृत्वमा प्रहरी अधिकारीहरू काेरिया जाने
नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै, भोलि अमेरिकी सेना आउँदै
बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो- जथाभावी वक्तव्य नदिनू
नेपाल प्रहरीका ४८ एसपीको सरुवा [सूचीसहित]
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.