मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन
दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन
जनतापाटी
जनतापाटी आइतबार, वैशाख २५, २०७९ मा प्रकाशित
viber sharing button
दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

दाङ । आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । 

निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार चुनावका लागि जिल्लाभर जनपद, म्यादी प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रि«य अनुसन्धान र नेपाली सेना गरी कूल तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रको भित्री घेरामा जनपद र म्यादी प्रहरी सुरक्षाका लागि खटिने तथा बाहिरी घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने प्रहरी प्रमुख काफ्लले जानकारी दिए । 

त्यस्तै निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी टोलटोलमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखिएको बताइएको छ भने निर्वाचन विशेष सुरक्षा योजना तयार गरी गस्ती बढाइएको छ । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुनका लागि जिल्लाको सुरक्षाको व्यवस्था सुदृढ पारिएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । 

उनका अनुसार निर्वाचनलाई लक्षित गरी सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारी लागू गरिसकेको बताए । उनले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या लगायतलाई मध्यनजर गरी सुरक्षा विश्लेषण गरी १३६ संवेदनशील, पाँच अतिसंवेदनशील र ११ सामान्य मतदानस्थल वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएकोसमेत जानकारी दिए । 

त्यस्तै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी एउटा मतदान केन्द्रमा आठदेखि ३८ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ रेग्मीले बताए । उनले भारतसँग सिमाना जोडिएका नाका क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता बढाएको जानकारी दिँदै मतदान दिनको ४८ घण्टा अगाडि नाकाबन्द गरिने बताए । 

“निर्वाचनअघि निर्वाचनको दिन र निर्वाचनपछिको सबै सुरक्षाको उचित प्रबन्ध मिलाइसकेका छौँ”, प्रजिअ रेग्मीले भने । निर्वाचनका लागि जिल्लामा तीन हजार ६६८ कर्मचारीलाई परिचालन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । 

 जिल्लामा कूल ४६१ मतदान केन्द्रका लागि उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिएका हुन् । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि प्रशिक्षण दिइ जिम्मेवारीसमेत बाँडफाँट गरिसकेको  निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए । 

उनका अनुसार जिल्लामा खटिने ९५० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार एउटा मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी गरी पाँच सरकारी कर्मचारी र तीन स्वयंसेवक परिचालन गरिएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् ।

पाँच मतदान केन्द्र महिलाको जिम्मामा
स्थानीय तह निर्वाचनका लागि जिल्लामा पाँच मतदान केन्द्रमा  अधिकृतसहित सबै महिला कर्मचारीलाई जिम्मेवारी प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ अरनीको मैदानमा रहेको मतदान केन्द्र ‘घ’मा माया श्रेष्ठ र सहायक मतदान अधिकृतमा सावित्राकुमारी गौतमलाई तोकिएको छ । सो मतदान केन्द्रमा दुई सहायक कर्मचारी र एक सहयोगी पनि महिला नै रहेका छन् । 

त्यस्तै घोराही उपमहानगरपालिका–१६ अम्बापुरमा ‘क’ मतदान केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारीलाई तोकिएको छ । त्यसैगरी दुई सहायक कर्मचारी र एक सहयोगी पनि महिलालाई नै जिम्मेवारी दिएको बताइएको छ । 

सोही विद्यालयको ‘ख’ मतदान केन्द्रमा मोतीकुमारी विश्वकर्मालाई  मतदान अधिकृत र विमलाकुमारी पोखरेललाई सहायक मतदान अधिकृतको जिम्मा दिइएको छ । सो मतदान केन्द्रमा दुई जना सहायक कर्मचारी एक सहयोगी पनि महिलालाई नै तोकिएको छ । 

सोही विद्यालयकै ‘ग’ मतदान केन्द्रमा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनीलाई तोकिएको छ । उक्त केन्द्रमा सहायक कर्मचारी दुई र एक सहयोगी पनि महिला नै तोकिएको बताइएको छ । 

उता लमही नगरपालिका–५ को खिमबहादुर मावि कोलही मतदान केन्द्रमा मतदान अधिकृतमा सम्झना शर्मा र सहायक मतदान अधिकृतमा सुशीला शाह रहेका छन् । दुई सहायक र एक सहयोगी पनि महिला रहेकाे निर्वाचन कार्यालयले जनाएको छ । महिला कर्मचारी खटिएका मतदान केन्द्रमा महिला प्रहरी नै खटाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । 

उनका अनुसार सुरक्षाकर्मी र कर्मचारी आवश्यक निर्वाचन सामग्री लिएर आगामी मङ्गलबार पठाइने छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् भने चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् । त्यसमा महिला मतदाता दुई लाख नौ हजार ९९ र पुरुष मतदाता दुई लाख सात हजार ९९ र दुई जना तेस्रोलिङ्गी रहेका छन् । 

viber sharing button
जनतापाटीबाट थप
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जमुनाह नाकामा सुरक्षा सतर्कता
सर्लाहीकाे मलगंवामा आज साँझदेखी कर्फ्यू
प्रहरी महानिरिक्षक कुवँर नेतृत्वमा प्रहरी अधिकारीहरू काेरिया जाने
नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै, भोलि अमेरिकी सेना आउँदै
बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो- जथाभावी वक्तव्य नदिनू
नेपाल प्रहरीका ४८ एसपीको सरुवा [सूचीसहित]
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.