Home > पत्रपत्रिकाबाट

३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

काठमाडौं - अन्नपूर्ण पोस्ट दैनिकले आज ३३ किलो सुन प्रकरणको अनुसन्धानको प्रगतिको विषयमा समाचार छापेको छ । ३३ किलो सुन तस्करी प्रकरणमा बनाइएको छानबिन समितिको म्याद गुज्रिँदै लाग्दा पनि अपराधमा जोडिएका कतिपय पक्ष प्रस्ट हुन नसकेको गुनासा सतहमा आउन थालेका छन् । समाचारमा लेखिएको छ- प्रहरी उच्च अधिकारीसहितको संलग्नतामा गायब पारिएको भनिएको

Read More

एप्पलद्वारा नेपाली म्यानपावरमाथि अनुसन्धान

काठमाडौँ — एप्पल कम्पनीले भर्ना प्रक्रिया गर्दा नेपाली कामदारले अनावश्यक शुल्क बुझाउनुपरेको भन्दै म्यानपावर कम्पनीमाथि नेपालै आएर अनुसन्धान गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ । आफ्नो कम्पनीका लागि काम गर्न मलेसिया र दुबई पुग्ने नेपाली कामदार शुल्क बुझाउन बाध्य भएकाले यसलाई अन्त्य गर्नका लागि एप्पलको मुख्यालयले उच्चस्तरको अनुसन्धान गर्न टोलीलाई नेपाल

Read More

न संग्रहालय बन्यो, न घर

सरकारको ढिलाइ र आन्तरिक विवादले भूकम्पको केन्द्रविन्दु बारपाकस्थित दलित बस्तीको पुनर्निर्माण अन्योलमा परेको समाचार आजको नागरिक दैनिकले छापेको छ । भूकम्पलगत्तै सरकारले साबिक बारपाक गाविस–५ (हाल सुलिकोट गाउँपालिका–१) मा पर्ने डाँडागाउँ र गैरीगाउँको दलित बस्तीमा ‘जीवित संग्रहालय तथा भूकम्प स्मृति पार्क’ बनाउने योजना अघि सारेको थियो। सोही योजनाअनुसार बारपाकको मुख्य बस्तीभन्दा केही

Read More

श्रीयन्त्र पुज्दै सर्वोच्चमा स्वस्तीशान्ति

अन्नपूर्ण पोस्ट दैनिकले आज श्रीयन्त्र पुज्दै सर्वोच्चमा स्वस्तीशान्ति गरिएकोलाई एंकर समाचार बनाएर छापेको छ । उसले लेखेको छ, शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए। ८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै

Read More

मलेसियामा नेपाली कामदारलाई यातना

वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने काम गरेका छन्, यो खबर आजको नागरिक

Read More

विवादमा अनुसन्धान विभाग

गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले–माओवादीभित्रै विवाद देखिएकोलाई अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । गृह मन्त्रालयमातहत रहादै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग सरकारले प्रधानमन्त्री कार्यालयमातहत राख्ने निर्णय फागुन तेस्रो साता गरेको थियो । त्यही बेलादेखि माओवादीले अनुसन्धान विभाग आफ्ना

Read More

प्रधानमन्त्रीलाई चिकित्सकको सुझावः धेरै भिडभाडमा नजानू, १६ घन्टाभन्दा बढी काम नगर्नू

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन चिकित्सकले सुझाव दिएको नयाँ पत्रिका दैनिकमा खबर छ । दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी

Read More

भूकम्पको पाठ न जनताले सिके, न सरकारले

काठमाडौं - वैशाख १२ को विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति भए पनि सरकार र नागरिकले यसबाट पाठ सिक्न नसकेको नयाँ पत्रिकामा खबर छ । भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन् रु

Read More

नयाँ म्यान पावर कम्पनी खोल्न प्रतिबन्ध

काठमाडाैं - सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ । सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचर्याले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताएका

Read More

परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी रहँदै सर्वोच्च अदालतको निर्देशनात्मक आदेशविपरीत कानुन उल्लंघन गरी ठेक्का सम्झौता गरेको आरोपमा समितिले कारबाही सिफारिस गरेको हो । समितिले परराष्ट्रले २०७४

Read More