Sunday, May 27, 2018
Home > समाचार > मकालु एयरको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

मकालु एयरको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

काठमाडौं – मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेतबाट आज बिहान हुम्लाको सिमिकोटका लागि उडेको विमान खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनास्थल सिमकोटदेखि १० दशमलव ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ ।

नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट आज बिहान हुम्लाको सिमिकोटका लागि उडेको विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

Leave a Reply