Sunday, May 27, 2018
Home > विचार/विश्लेषण > सम्पादकीय

सम्पादकीय

आज कार्ल मार्क्स जन्मेको दुई शताब्दी पूरा भई तेस्रो शताब्दीको पहिलो दिन । विश्वभरिका श्रमजीवी तथा तिनका राजनीतिक संगठनहरूले हर्षोल्लासपूर्वक मार्क्सको २००औं जन्म जयन्ती मनाइरहेको दिन, ५ मई २०१८ ।

साम्यवादका प्रणेता, द्वंद्वात्मक ऐतिहासिक भौतिकवादका दार्शनिक, अतिरिक्त मूल्यको सिद्धांतकार, वैज्ञानिक समाजवादका अविष्कारक तथा विश्व कम्युनिष्ट घोषणापत्रका मसौदाकार महान गुरु कार्ल मार्क्सको २००औँ जन्मजयंतीको अवसरमा भावपूर्ण श्रद्धांजलि !

नेपालमा पनि विभिन्न कम्युनिष्ट पार्टीहरू छुट्टाछुट्टै र संयुक्त रूपमा समेत मार्क्सको जन्म द्विशतवार्षिकीमा सामेल भएका छन् । यस अवसरमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) द्वारा संयुक्त रूपमा दुईदिने राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । स्वदेशी देखि विदेशी प्राध्यापकहरूको आख्यान तथा कम्युनिष्ट नेताहरूको सम्भाषण पनि मननयोग्य नै छन् ।

अब समृद्धिको लागि समाजवादको बाटो पहिल्याउन सबै सहमत देखिन्छन् । तर बाटो पहिल्याउने कसरी ? ओम शान्तिको माला जपेर ? नातावाद कृपावादको नाङ्गो नाच नाचेर ? कि विकासको नाममा उत्पीडित राष्ट्रियताहरूको अस्तित्व समाप्त पारेर ?

यी र यस्ता हरक्कतले पूँजीवादमा त ठाउँ पाउँदैनन् भने समाजवाद स्थापनाको आशमा यिनीहरूलाई कति स्थान दिने त ? निश्चित रूपमा यी विसंगतिहरूसँग शुन्य सहनशीलता जरूरी देखिन्छ ।

यदि होइन भने पुनः मार्क्सवादसम्मत ढङ्गले वा त्यसभन्दा पर पुगेर भए पनि राजनीतिक विद्रोह अवश्यम्भावी छ । समयमै सम्बन्धित पक्षको ध्यान जाओस् ।

Leave a Reply