Sunday, May 27, 2018
Home > प्रदेश > हाईटेन्सन लाईनकै तल जि.एच.पी मावि संचालनमा, गर्जीए क्रान्तिकारीका जील्ला इन्चार्ज साह

हाईटेन्सन लाईनकै तल जि.एच.पी मावि संचालनमा, गर्जीए क्रान्तिकारीका जील्ला इन्चार्ज साह

वीरगन्ज, २९ फागुन ।

हाईटेन्सन लाईनका कारण वीरगन्जको पावर हाउस चोकमा रहेको जिएचपी माध्यामिक विद्यालयका विद्यार्थीहरुको ज्यान जोखिममा रहेको छ । हाईटेन्सन लाईन तानिएको स्थानको तल विद्यालयको भवन निर्माण गरेर संचालन गरेको हुँदा जिएचपी माध्यामिक विद्यालयका विद्यार्थीहरु ज्यान जोखिममा राखेर अध्ययन गर्न बाध्य भएका छन् । यसअघि पनि विद्यालय परिसरमा रहेको ट्रान्सफर्मरमा आगलागी हुँदा विद्यालयको छात्रावासमा रहेका विद्यार्थीहरुको ज्यान जोखिममा परेको थियो । त्यसपछि पनि विद्यालयले हाईटेन्सनको विद्युतीय तारकै मुनी विद्यालयको नयाँ भवन निर्माण गरेको छ ।

केन्द्रीय प्रशारण लाईनको हाईटेन्सन लाईन भएकै स्थानमा विद्यालय संचालन गरिरहेकोले जिएचपी माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको ज्यान जोखिमपूर्ण रहेको अभिभावकहरु बताउछन् । विद्यालयको माथिबाटै हाईटेन्सन तार रहेकोले कुनै अप्रिय घटना होला भन्ने चिन्ताले अभिभावकहरुलाई पिरोल्ने गरेको छ बताउने गरेका छन् । विद्यालयले चर्को शुल्क असुल गरेपनि हाईटेन्सन लाईनलाई व्यवस्थित गर्न नसकेको अभिभावकहरुको गुनासो छ । अभिभावकहरु भन्छन्, ‘बच्चाहरुको ज्यानै जोखिममा राखेर पनि विद्यालय पठाउनु परेको छ । त्यसको कुनै विकल्प नखोजेर हाईटेन्सन तार मुनी नै विद्यालय संचालन गरेका छन् । हामी निकै चिन्तित छौं ।’ एक अभिभावकले भने । हाईटेन्सन लाईनको तल बसेर पढ्नुपर्ने भएपछि विद्यार्थीहरुलाई पनि मानसिक असर पर्ने गरेको अभिभावकहरुको भनाई छ ।

जिएचपी माध्यामिक विद्यालयले विद्यार्थीहरुको ज्यानमाथि गरेको खेलवाड गर्नु राम्रो नभएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज शिवम साहले बताए । उनले भने, “पहिले पनि जिएचपी माध्यामिक विद्यालय परिसरमा रहेको विद्युत पोलमा आगलागी भएको घटनाले विद्यार्थीहरु त्रसित छन् । हाईटेन्सनको तल जोखिमपूर्ण विद्यालय संचालन गर्नु विद्यार्थीहरुको ज्यानमाथि खेलवाड गर्नु हो । यसमा विद्यालय व्यावस्थापनले गम्भीर भएर सोच्न जरुरी छ । विद्यालय शान्तिक्षेत्र घोषणा भएकोले बालबालिकालाई भयरहित वातावरणमा पठनपाठन गर्न पाउनुपर्ने उनको भनाई छ । विद्युतको हाईटेन्सनका कारण विद्यार्थीहरुमा मानसिक असर पर्न गएकोले त्यसको व्यावस्थापनका लागि ध्यान दिनुनपर्नेमा उनले जोड दिए । उनले फेरी भने, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको ज्यानै जोखिममा राखेर विद्यालय संचालन गर्नु राम्रो होईन । विद्यार्थीलाई भयरहित वातावरणमा पढ्नपाउने व्यावस्था गर्नुपर्छ ।”

Leave a Reply